उपनिर्बाचन सबै स्थानको नतिजा सकियो, कहाँ कस्ले जित्यो ?
काठमाडौं : शनिबार भएको उपनिर्वाचनको सबै स्थानको नतिजा आइ सकेको छ। प्रतिनिधि सभा सदस्यका लागि १, प्रदेशसभा सदस्यका लागि ३ र ४८ स्थानीय तह गरी ५२ पदका लागि शनिबार उपनिर्वाचन भएको थियो।
स्थानीय तह अन्तर्गत एक उपमहानगरपालिका मेयर, ३ गाउँपालिका अध्यक्ष, १ गाउँपालिका उपाध्यक्ष र ४३ वडा अध्यक्ष पदमा उपनिर्वाचन भएको थियो । जसमध्ये ३१ पदमा सत्तारुढ नेपाल कम्युनिस्ष्ट पार्टी(नेकपा)का उम्मेदवार विजयी भएका छन्।
प्रतिनिधि सभा १, प्रदेशसभा सदस्य २, ३ गाउँपालिका अध्यक्ष, १ गाउँपालिका उपाध्यक्ष्य र २४ वडाध्यक्ष पदमा नेकपाले जित हात पारेको हो । १ प्रदेशसभा सदस्य, एक उपमहानगर पालिका मेयर र ११ वडाध्यक्ष गरी १३ पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।
समाजवादी पार्टीले ४ र राष्ट्रिय जनता पार्टीले ३ वडा अध्यक्ष पदमा जित हात पारेका छन्। एक वडा अध्यक्षमा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन ।