२०८१ माघ १२, शनिबार
  • ५ वर्ष अगाडि

 

नेपाली माटो, नेपाली सस्कृती वाउ साच्चिकै धनी छौ । १२५ जातिको साझा भुगोलमा किरात राईहरुको इतिहास छुट्टै छ ।

३२ पुस्ता लिखित र हजारौं पुस्ता अलिखित इतिहास बोकेको किरातहरुको महत्त्वपूर्ण अंश किरात राईहरु पनि पर्दछ । किरात राईहरुको इतिहास खोतल्ने हो भने लामो छ । ३२ भाषी राईहरुको एउटै साझा चाड साकेला हो । उधौली, उभौली र तीन चुला ३२ भाषी राईहरुकै महत्त्वपूर्ण सस्कृती र अकाट्य मिलन हो ।

यसैक्रममा किरात राईहरुको महान पर्व उधौलि आउदै गर्दा गितकार निर्मला राई “परिवेश” को “घुम्दै र फिर्दै” बोलको गितको छायांकन सम्पन्न भएको छ ।

गितकार निर्मला राईको शब्दमा सुसज्जित शब्द गायक गङ्गाराज राई र गायिका पार्वती राईको समुधर स्वरमा सजिएको छ ।

गितकार परिवेशको सब्दलाई न्याय गर्न छायांकनमा दर्जनौं कलाकारहरुको जमघट देखिन्थ्यो । उक्त साकेला गितमा कलाकारहरु फुलन्देका आमा उमेश राई, सेशुका राई, पत्रकार तथा मोडेल शान्तिराज राई, ब्युटिसियन नाजु राई, सिता राई, इन्द्र जित राई, हितसंकर कुलुङ, सिखा राई, प्रेम तिगेला, निशा लिम्बु, पत्रकार इन्द्र जिजिबिशा लगायत दर्जनौंको अभिनय रहेको छ ।

लामो समय देखि नृत्य निर्देशका रुपमा ख्याति प्राप्त नृत्य निर्देशकका रुपमा कहलिएका गोविन्द राईको कोरियोग्राफी रहेको उक्त गितमा अहिलेका जल्दाबल्दा अनिल कोयि राईको निर्देशन देख्न सकिन्छ ।