२०८२ माघ ११, आइतवार
  • ६ वर्ष अगाडि

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतिगोगितामा विजयी खेलाडीलाई प्रधानमन्त्री केपी ओलीले ‘सरप्राइज’ रकमको घोषणा गरेका छन्।  बुधबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बधाई दिन बोलाएका प्रधानमन्त्री ओलीले विशेष पुरस्कारको घोषणा गरेका हुन्। 

ओलीले साग प्रतियोगितामा दुईभन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई जनही ११ लाख, एउटा मात्र स्वर्ण जित्नेलाई ९ लाख, रजत विजेता खेलाडीलाई ६ लाख र कास्य जित्ने खेलाडीलाई तीन लाख रुपैयाँ सरकारको तर्फबाट दिने घोषणा गरेका हुन्।