२०८१ मंसिर २२, शनिबार
  • ५ वर्ष अगाडि

यो न त कुनै संस्था नै हो न त कुनै पार्टि। यो एउटा यस्तो समुह हो जस्ले फेसबुकको माध्यमबाट देश विदेशमा रहनुभएका नेपालि दाजुभाइहरुलाई जोडेको छ र कसैलाई समस्याा परेको थहा पाएमा सक्दो सहयोग गर्दछ। आजको हाम्रो सन्दर्भ रहेको छ नेपाालको सबैभन्दा चर्चित फेसबुक समुह एम आर आर अर्थात मेन्स रुम रिलोडेड। सन २०११ मा खोलिएको यो समुहले हिजो ८ औं वर्ष प्रवेश गरेको उपलक्ष्यमा कपनमा रहेको केयर चाइल्ड अर्फानेजमा स्टेसनरि, न्यानो कपडा बाढेको छ भने खाना खुवाएर केहि रकम आर्थक सहयोग गरेको छ।

उक्त कार्यक्रममा ६० जना सक्रिय सदस्यको उपस्थिति रहेको थियो।

करिब ५ वर्षदेखि १५ वर्षसम्मका १५जना बाालिकाहरु रहेको उक्त आश्रममा न्यानो कपडा (स्वेटर, टोपि, मोजा, ओढ्ने) तथा स्टेसनरि तथा खेलकुदका सामानहरु र केहि आर्थिक सहयोग गरेको छ। सहयोग पाउँदा ति नानिहरुको मुहारमा मुस्कान देखिन्थ्यो।

त्यसै गरि हिजो नै चितवन, पोखरा, झापा, अष्ट्रेलिया, रौतहट लगायत अन्य थुप्रै ठाउँमा विभिन्न कार्यक्रम आयोजना गरि यस समुहले ८औं वार्षिकोत्सब मनायो। सन २०११ डिसेम्बर ११का खोलिएको यस समुहले सामाजिक क्षेत्रमा प्रशंसनिय कामहरु गर्दै आएको छ। जहाँ जस्लाई सहयोग र उद्दारको आवश्यकता देख्छ, यस समुहले सहयोगका लागि सधैँ हात अघि बढाउछ। यस समुहले यस्तै राम्रा कामहरु गर्दै जानेछ भन्ने कुरामा सबै आशावादि छन्।