२०८१ बैशाख ५, बुधबार
  • ४ वर्ष अगाडि

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाको ६ किलो मोडमा आइतबार बिहान बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।

दोलखाको कालिन्चोकबाट भ्रमण सकी भक्तपुरतर्फ फर्कर्दै गरेको बा ४ ख ४४६८ नम्बरको बस बिहान ७ बजेतिर दुर्घटना भएको हो ।
जिल्ला टाफिक प्रहरी कार्यालय सिन्धुपाल्चखेकका प्रमुख सई राजेश दाहालका अनुसार ६ किलोको मोडबाट पल्टिएको बस सडकमै पुगेको थियो ।

घटनास्थलमा ११ जनाको शव फेला पारिएको उनले पुष्टि गरे। उनकाअनुसार दुर्घटनामा केही यात्रु घाइते भएका छन्। उद्धारमा जुट्नु परेकोले संख्या भने यकिन भएको छैन। घाइतेलाई उपचारका लागि खाडीचौरस्थित सिन्धुदाबहार अस्पताल र काभ्रेको धुलिखेल अस्पताल पठाइएको छ।

दुर्घटनाको विस्तृत जानकारी आउन बाँकी नै रहेको सई दाहालले बताए ।