२०८१ मंसिर २९, शनिबार
  • ५ वर्ष अगाडि

 

काठमाडौं । मन्त्रिपरिषदको गएको मंसिर २३ गते बसेको बैठकले बिभिन्न १७ वटा निर्णय गरेको छ । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन मार्फत सरकारका प्रवक्ता तथा सुचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले निर्णयहरु सार्वजानिक गरेका हुन । जस अनुसार भारतको जिल्ला महाराजगंज ग्राम पंचायत बिशुनपुर कुर्थिया बस्ने मुस्ताफाको छोरा जमालुद्दिन धुनियाले के—कसरी क—कसको सहयोग तथा मिलोमतो गरी झुठा बिवरण दिई रुपन्देहीको ईलाका प्रशासन कार्यालय मर्चवारको मझगावा बाट मिति २०६५/१२/२६ गते नेपाली ना.प्र.न. ३७३६३/१३३५९ लिएर हाल सम्मा रुपन्देही मर्चवारको सम्मरीमाइ गाँउपालिका वडा नं. ६ असुरैनामा मजिद धुनियाको छोरा भहेरा बस्दै अएकोमा मन्त्रिपरिषदको यहि मंसिर २३ गते बसेको बैठकले सर्हानीय निर्णय लिदै बुदाँ नं. १० मा इलाका प्रशासन कार्यालय, मझगवा रुपन्देहीबाट झुठो विवरण पेश गरी नेपाली नागरिकता प्राप्त गरेका ना.प्र.न. ३७३६३/१३३५९ का जमालुद्दिन धुनियाको नेपाली नागरिकता प्रमाण पत्र रद्ध गरी जमालुद्दिन धुनियालाई नेपाली नागरिकबाट हटाउने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बाँस्कोटाले दिए ।