२०८० चैत्र १६, शुक्रबार
  • ४ वर्ष अगाडि

राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष डाक्टर महाबिर पुनले राष्ट्रिय आविस्कार केन्द्रको लागि ३ करोड रुपैया रिणको लागि आफ्नो फेशबुकबाट आव्हान गरेका छन।

उनले लेखेका छन ।

बिश्वासको भरमा 4% ब्याज दरमा मेरो नाममा ऋण दिने नरम हृदय भएको कोहि नेपालीहरु अथवा समुहहरु हुनु हुन्छ अमेरिका, क्यानाडा, युरोप, जापान, अस्ट्रेलिया र अन्य देश तिर बस्ने? यो ऋण मैले दुई ओटा महत्वपुर्ण कामको लागि खोजेको हो । करिब ३ करोड चाहिएको छ । एउटाले नै सबै रकम ऋण दिनु पर्छ भनेको होइन । सकेको ५, १०, २० लाख दिए पनि हुन्छ ।

पहिलो काम नेपालमा नै नभएको पूर्ण रुपमा दुर्गम ग्रामिण समुदायलाइ मात्र फाइदा दिने मोडेलको सामुदायिक पर्यटन अथवा Community Owned Eco-tourism बिकासको लागी हो । यो काम आंशिक रुपमा बिगत १० बर्ष देखी चलीरहेको छ तर यसलाई हामी बढाउन (Scale up) चाहन्छौं । यसको लागि नेपाल सरकार र बैंकहरु संग सहयोग लिने प्रयास गरियो तर कुनै सहयोग नपाए पछि ऋण खोज्दैछु । यसको बिस्तृत जानकारी चाहिएमा मलाई सम्पर्क गर्नु होला । यसको लागी एक करोड रुपैंया चाहिएको छ ।

दोश्रो काम राष्टिय आविष्कार केन्द्रको लागी एउटा सानो स्केलको “सामानहरु बनाउने कारखाना अर्थात् Manufacturing Plant” बनाउन जरुरी भएको छ । आविष्कार केन्द्रमा सफलतापुर्बक अनुसन्धान भएका बस्तुहरुलाई सानो स्केलमा उत्पादन गरी बजारमा बेच्न र बजार परिक्षण गर्नको लागि यस्तो प्लान्ट चाहिएको हो । बिभिन्न वित्तीय संस्था र बैंकहरु बाट यस्तो ऋण पाउन गाह्रो भएको हुनाले नरम हृदय भएको दाताहरु संग ऋणको लागी अनुरोध गरेको हो । यसको लागी दुई करोड रुपैंया चाहिएको छ ।

कोहि हुनु हुन्छ भने मलाई mahabir@nicnepal.org मा सम्पर्क गर्नु होला। यसो गनु भयो भने देशको उद्धार हुनेछ. ऋण ३ बर्षको लागि हो र साँवा ब्याज नेपाली मुन्द्रामा तिरिनेछ ।