२०८३ बैशाख ३, बिहिबार
  • ६ वर्ष अगाडि

काठमाडौं । राष्ट्रपतिको कार्यालयबाट बोलावट आएपछि शनिबार नेकपाका १० शक्तिशाली नेता राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगे । विहानको खानासहितको निम्तो मान्न पुगेका नेताहरुलाई राष्ट्रपति भण्डारीले समसामयीक राजनीतिक विषयमा जिज्ञासा राखिन् ।

दिवाभोजमा सहभगि एक नेताका अनुसार नेकपाको जारी स्थायी समितिको बैठकमा उठेको छलफल, संघीय संसदको अधिवेशन, प्रतिनिधिसभाका लागि नयाँ सभामुखको चयन, एमसीसीका विषयमा उठिरहेका प्रश्नहरु, सीमा समस्यालगायतका विषयमा सो बैठकमा सामान्य छलफल भए ।  समसामयीक राजनीतिका यी विषयमा नेताहरुको कुरा सुनिसकेपछि राष्ट्रपति भण्डारीले आफ्नो मूल एजेण्डा प्रवेश गराईन ।

उनको एजेण्डा थियो, प्रतिनिधिसभाको भावी सभामुख । श्रोतका अनुसार राष्ट्रपति भण्डारीले भावी सभामुखका रुपमा अहिले उपसभामुख रहेकी शिवमाया तुम्बाहाम्फेलाई प्रस्ताव गरिन् । यसअघि पनि तुम्बाहाम्फे राष्ट्रपतिकै चाहना अनुसार उपसभामुख बनेकि थिईन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसभामुख तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अग्नी सापकोटा वा ओनसरी घर्ती, गृहमन्त्री रामबहादुर थापाले पंफा भुसाललाई नयाँ सभामुखका रुपमा अघि सारिरहेका बेला राष्ट्रपति भण्डारीले भने उपसभामुख तुम्बाहाम्फेका पक्षमा निर्णय गराउन नेकपाका प्रभावशाली नेताहरुलाई दिवाभोज खुवाएर सन्देश दिएकी हुन् ।

नेकपाको स्थायी समिति बैठक चलिरहेको र आईतबार स्थायी समिति सकेर सचिवालयमा नयाँ सभामुखबारे छलफल गर्ने तयारी गरिरहेको मौका पारेर सभामुखका लागि नाम तय गर्नुपूर्व राष्ट्रपतिले आफ्नो पक्षमा निर्णय गराउन दवाद दिन दिवाभोज दिएको नेकपाका एक स्थायी समिति सदस्यले संचार कर्मिलाई बताए ।

त्यसरी दिवाभोजका लागि आमन्त्रितहरुमा नेकपा स्थायी समिति सदस्य तथा ऊर्जामन्त्री वर्षमान पुन, अर्थमन्त्री युवराज खतिवडा, कृषिमन्त्री घनश्याम भुषाल, बनमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली,नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङ, पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, देवेन्द्र पौडेल, जनार्दन शर्मा र शंकर पोखरेल रहेका थिए । राष्ट्रपति भण्डारीले यसअघि पनि नेकपाको आन्तरिक राजनीति तथा सरकारका नियुक्त लगायतका विषयमा हस्तक्षेप गरेको भन्दै आलोचित बनेकी थिईन् ।