यी हुन नेकपाको राष्ट्रिसभा सदस्य उमेद्वारहरुको नामावली !

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले राष्ट्रिसभा निर्वाचनका लागि उम्मेद्वारको टुङ्गो लगाएको छ। आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले राष्ट्रिसभा सदस्यको नामावली टुंगो लगाएको ।
नेकपाले प्रदेश एकबाट इन्दु गौतम, दलितबाट गोपी अछामी र अन्यबाट देवेन्द्र दाहाललाई उम्मेदवार बनाइएको छ। त्यसै प्रदेश दुईमा महिलाबाट तुलसा दाहाल र दलितबाट राधेश्याम पासवानलाई उम्मेदवार बनाएको छ।
प्रदेश ३ मा नेकपाले महिला उम्मेदवारमा गंगा बेलबासे र अन्यमा बेदुराम भुसाललाई चयन गरेको छ । त्यस्तै गण्डकी प्रदेशबाट अन्य उम्मेदवार नारायणकाजी श्रेष्ठ र महिलाबाट भगवती न्यौपानेलाई उम्मेदवार बनाएको छ।
प्रदेश पाँचमा महिला उम्मेदवार विमला घिमिरे, अपांगताबाट जगप्रसाद शर्मा र अन्यबाट गोपाल भट्टराईको नाम टुंगो लागेको छ। त्यसैगरी कर्णाली प्रदेशबाट अन्यबाट मायाप्रसाद शर्मा र महिलाबाट सुनिता केसी उम्मेदवार बनेका छन्।
सुदूरपश्चिम प्रदेशबाट अन्यमा तारामान स्वाँर र महिलाबाट शारदा भट्टलाई उम्मेदवार बनाइएको छ। माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पुस २० गते मनोनयन हुँदैछ।