२०७७ चैत्र २९, आइतवार
  • १ वर्ष अगाडि

काठमाडौ – नायक तथा निर्माता नवल खड्का राष्ट्रवादी नायकको रुपमा सम्मानीत भएका छन् । प्रदेश नं ५ का माननीय सभामुख पूर्ण बहादुर घर्तीद्वारा उद्घाटन गरिएको “बुध्द, सरयू चलचित्र महोत्सव २०७६” मा नायक तथा निर्माता नवल खड्कालाई राष्ट्रिय झण्डा ओढाई राष्ट्रवादी नायक, सम्मान २०७६ ले सम्मानित गरिएको हो ।

कार्यक्रममा प्रदेश नं ५ का माननीय सभामुख, पूर्ण बहादुर घर्ती र माननीय सांसदज्यूहरू दामा शर्मा, सरस्वती गौतम, अमर डाँगी, ईन्द्रजित थारू, प्रमुख जिल्ला अधिकारी लगायतका ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा निर्देशक नवीन सुब्बा, निर्देशक, निर्माता मुनाल घिमिरे, अमृत सुनुवार, बिनोद श्रेष्ठ, अनुप सुवेदी लगायत पनि विभिन्न विधामा सम्मानित भएका छन् । मंगलबार उद्घाटन गरिएको महोत्सव ३ दिनसम्म चल्नेछ । कार्यक्रमको सभापतित्व के एल ‘पिडित’ र प्रमुख अतिथिको रूपमा प्रदेश नं ५ का सभामुख पूर्ण बहादुर घर्ती रहेका थिए ।