२०८१ बैशाख ६, बिहिबार
  • ४ वर्ष अगाडि

पोखरा १२ माघ– बैंकिङ कसुरमा प’क्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा) कास्की अध्यक्ष मिलन गुरुङलाई अ’नुसन्धानका लागि ७ दिन म्याद थप भएको छ ।

मिलनलाई ७ दिन थु’नामा राखेर अनुसन्धान गर्न आइतबार उच्च अदालत पोखराका न्यायाधीशद्वय विनोदमोहन आचार्य र सुभास पौडेलको संयुक्त इजलासले प्रहरीलाई अनुमति दिएको हो ।

खातामा पैसा नदिएको चेक दिएको भन्दै मिलनविरुद्ध किटानी जा’हेरी परेपछि शुक्रबार प’क्राउ परेका थिए । मुख्यमन्त्री कपमा खेलाडीका लागि आवास तथा मैदान व्यवस्थापन नगरेको भन्दै सांसद राजीव गुरुङले मंगलबार मिलनलाई झा’पडसमेत हानेका थिए ।

राजीवबिरुद्ध जा’हेरी दिएपछि मिलनविरुद्ध पनि बैंकिङ कसुर गरेको भन्दै जाहेरी परेको थियो ।

मिलनले बुधबार राजीवविरुद्ध किटानी जाहेरी दिएका थिए । त्यसको भोलिपल्ट बिहीबार राजीव प’क्राउ परेपछि मिलनका वि’रुद्ध पनि जाहेरी परेको थियो । मिलन शुक्रबार प’क्राउ परेका हुन् ।

हरिभक्त आचार्यले मिलनविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा बिहीबार बेलुका जा’हेरी दिए । आचार्यले ओम गौरा जोस्टेल होटेलमा गएको भदौमा ३४ जनालाई मीलनको जिम्मामा खाने र बस्ने व्यवस्था मिलाएका थिए । साफ यु–१८ च्याम्पियनसिपका बेला तयारी टोली आचार्यको होटलमा बसेको थियो ।

मिलनले २ लाख रुपैयाँको चेक दिए पनि अहिलेसम्म नसाटिएको आचार्यले जा’हेरीमा उल्लेख गरेका छन् । बक्यौता रकम मागेपछि केही दिनअघि मिलनले पोखरा क्रियटिभ हाउसका सञ्चालकमाथि पनि हा’तपात गरेका थिए ।

बैंकिङ कसुर अनुसार चेकमा उल्लेख भएको रकम पी’डितलाई दिलाउने र ३ महिना जे’ल स’जाय हुन सक्छ । बैंकिङ क’सुर मु’द्दामा ६० दिनसम्म हि’रासतमा राखेर अ’नुसन्धान गर्न मिल्ने कानुनी व्यवस्था छ ।

यता कु’टपीटको आरोपमा पक्राउ परेका सांसद दीपक मनाङ्गेलाई जिल्ला प्रशासन कार्यालयले ६ हजार रुपैयाँ ध’रौटीमा छाडेको छ ।

जिल्ला फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङलाई झा’पड हा’नेको भोलिपल्ट प’क्राउ परेका उनीमाथि प्रहरीले अ’भद्र व्यवहारसम्बन्धी मु’द्दामा अ’नुसन्धान सुरु गरेको थियो ।

जिल्ला प्रशासन कार्यालयले आइतबार उनलाई ६ हजार रुपैयाँ ध’रौटीमा रिहा गर्ने आदेश दिएको हो । यसअघि कार्यालयले मनाङ्गेलाई २ दिन थु’नामा राखेर अ’नुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।