२०८१ चैत्र ११, मङ्लबार
  • ५ वर्ष अगाडि

काठमाडौं । गायिका आस्था राउतलाइ  प्रहरीले  नियन्त्रणमा लिएको  छ । उनलाई प्रहरीले  पक्राउ गरी महानगरिय प्रहरी परिसर टेकुमा लगेको स्रोतले बताएको छ ।

उनी भारतको सिक्किममा कार्यक्रम सकेर नेपाल फर्केकी थिइन् । विस्तृत विवरण आउन बाँकी छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी जवान रमिता श्रेष्ठले राउतविरुद्ध महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा उजुरी दिएपछि प्रहरीले उनलाई खोजी गरेको थियो ।

विमानस्थलको सुरक्षा जाँचका क्रममा गायिका राउतले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै प्रहरी जवान श्रेष्ठले उजुरी दिएकी थिइन् ।