२०८१ माघ १२, शनिबार
  • ५ वर्ष अगाडि

काठमाडौं :  सरकारले आउदो बर्षमा   गर्न लागेको विश्व बौद्ध सम्मेलन मूल समारोह समितिको सदस्य सचिबमा आदिबासी जनजाति महासंघका पूर्व अध्यक्ष तथा नेकपाका केन्द्रीय सदस्य   पासाङ शेर्पालाई नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष शेर्पालाई सदस्य सचिव नियुक्त गर्ने निर्णय गरेको  हो ।

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै सरकारले   २०७७ वैशाखमा बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा विश्व बौद्ध सम्मेलन आयोजना गर्दैछ । पर्यटनमन्त्री अध्यक्ष रहने सो समितिको सल्लाहकार प्रधानमन्त्री रहने छन् ।

नेकपा केन्द्रीय सदस्य तथा पर्यटन विभागका उपप्रमुख समेत रहेका शेर्पाले विश्व बौद्ध सम्मेलन सफल पार्न र संसारभरका बुद्धमार्गीहरुलाई बुद्धजन्मस्थल लुम्बिनीमा आकर्षित गर्न मूल समारोह समितिले काम गर्ने बताए ।

सम्मेलनमा बिभिन्न देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुलाई समेत निम्ता दिने तयारी सरकारको छ ।