हेलिकप्टर दुर्घटनाको एक बर्ष-दमकले विर्सन नसकेका युवराज दाहाल सर
दमक / दमक नगरपालिकाका कार्यकारी अधिकृतको रुपमा रहेर दमकका विकास निर्माणमा महत्वपूर्ण योगदान दिएका युवराज दाहाल हेलिकप्टर दुर्घटनामा निधन भएको एक बर्ष पुगेको छ । दमकबाट विदा भएर उनि प्रधानमन्त्रीको नीनि स्वकीय सचिवको रुपमा जिम्मेवारी लिएका थिए ।
उनले दमकको भ्यू टावर लगायतका ठुला विकास योजनामा भूमिका खेलेका थिए । दमकमा बन्न लागेको औधोगिक पार्कमा पनि उनको योगदान छ । विश्वको अग्लो बुद्धमूर्ति लगायतका योजनाहरु उनले अघि सारेका थिए ।

उनको पाथिभरा दर्शका लागि हेलिकप्टरमा तत्कालिन पर्यटनमन्त्रि रविन्द्र अधिकारी सहित चढेको हेलिकप्टर दुर्घटनामा निधन भएको थियो । उनी मरेर गए पनि दमकबासीले भने उनलाइ जिउदै देखिरेकाछन् । नगरपालिका जाँदाहोस या उनले ल्याएका योजना पुग्दा उनको याद आउने गरेको नगरपालिकाका कर्मचारीहरु बताउछन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दमकमा भएको एक कार्यक्रममा दमकमा निर्माणाधिन भ्यू टावरको नाम नै युवराज दाहाल भ्यू टावर राख्न सुझाव पनि दिएका थिए । उनि प्रधानमन्त्री ओलीका पनि विश्वासपात्र बन्न सफल भएका थिए ।
जागिरे जीवनका क्रममा दाहाल जहाँ कार्यरत् रहे, हरेक ठाउँमा अमिट छाप छाड्न सफल भएको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् ।
दाहालले हरेक ठाउँमा विकासका नयाँ योजना अघि सारेका थिए भने स्थानीय राजनीतिक दलसँग मजबुत सम्बन्ध बनाएर सबैको प्रिय प्रशासक बनेका थिए ।

