२०८३ बैशाख ३, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक / सार्वजनिक सवारी साधनमा यात्रुमाथि हुने दूब्र्यवहार दमकमा रोकिने बताईएको छ । दमकको बसपार्कभित्र नै काउण्टरहरु एकीकृत गरिएपछि यो अवस्थाको अन्त्य हुने बताईएको हो ।

विहिबार प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्रि हिक्मत कार्कीले एकिकृत काउण्टर उद्घाटन गर्ने क्रममा यस्तो बताईएको हो ।

 

कार्कीले दूर्घटना न्यूनिकरण र यातायात ब्यवस्थापनमा प्रदेश सरकार लागि परेको जनाए ।दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले शहरी सौन्दर्यकरण र अब्यवस्थित यातायात क्षेत्रलाइ ब्यवस्थित गर्न नगरपालिका लागि परेको उल्लेख गरे । उनले हिजोको प्रणालीको अन्त्य गरेर नयाँ प्रणाली विकास गरिदै लैजाने जनाए ।

पुर्व क्षेत्रिय ट्राफिक प्रहरी कार्यालयका प्रमुख भीमप्रसाद दाहालले सडकमा यात्रुलाई दूब्र्यवहार गर्ने दिन सकिएको बताए । उनले तानातानले श्रीमान एकातिर र श्रीमति अर्कातिर हुने अवस्था रहेको भन्दै यसको अन्त्य गर्न आफुहरु लागि परेको बताए । दमकमा यो शुरुवात भएको उनको भनाइ थियो ।

दमक नगर यातायात ब्यवस्थापन समितिका अध्यक्ष प्रजापती सापकोटाले लामो कसरत पछि दमकमा काउण्टरहरु एकीकृत गरिएको जनाए । चुनौती भएपनि चुनौतीसंग सामान गरिएको र यो अब दिर्घकालिन हुने जनाए ।

बसपार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष शंकर बस्नेतले उपभोक्ता र सरकारको गरेर बसपार्क तथा टर्मिनल भवन बनाउन ९ करोढभन्दा बढि लगानी भएको जानकारी दिए । दमकमा पुर्वमा नै उदाहरणिय बसपार्क बनेको जनाए ।