दमकको बालुवाटार प्रकरणमा दूइसयभन्दा बढिलाई मुद्धा
झापाको दमकको चर्चित बनेको बालुवाटार जग्गा प्रकरणमा गगन पुरी सहित २ सयभन्दा बढिलाई मुद्धा दर्ता हुने भएको छ । सरकारी वकिलले दमकमा नै आएर बस्तुस्थितिबारे बुझेको समेत सम्बद्ध श्रोतल
जनाएको छ । किर्ते कागजात बनाउने देखि लिएर जग्गा किन्नेहरुलाई समेत मुद्धा लाग्ने छ । श्रोतका अनुसार सरकारी जग्गा किर्ते भएको ठहर भएमा सबै जग्गा सरकारको नाम नै आउने छ त्यो किन्नेहरुको रकम पाउने छैनन् ।
प्रत्यक्ष संलग्नहरुलाइ पक्राउ गरेर अनुसन्धान बढाउने र संलग्न नभएकाले प्रतिवादी बनाएर मुद्धा दर्ता गर्ने निष्कर्षमा प्रहरी पुगेको बताइन्छ । सबैलाइ पक्राउ गर्दा प्रहरी कार्यालयको हिरासतमा आट्ने अवस्था नै छैन, प्रहरी श्रोत भन्छ ।

