२०८३ कार्तिक ११, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

दमक/ पछिल्लो राजनीतिक घटनाक्रमले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि दवाव सिर्जना गर्दै सत्ताच्युतको प्रयास आफ्नैबाट भएको छ । यसमा नेकपाका प्रभावशाली नेता मानिने बामदेव गौतमलाइ अघि सारिएको छ । राष्ट्रिय सभा सदस्य गौतमलाइ बनाउने नेकपाको निर्णय भन्दै एक पक्षधर लागेकाछन् । अर्को पक्षधर यसको विरुद्धमा रहेको छ ।

सरकारका मुख्य कामहरु अब देखिने समय भएको छ । शुरु गरिएका कामहरुको परिणाम निस्कन थालेकाछन् । यो नतिजालाई अब गल्त्याउने र प्रधानमन्त्रीलाइ अप्ठेरोमा पारेर सरकार परिवर्तन गर्ने डिजाइन आन्तरिक नभएर बाहिरी पनि हुनसक्छ ।

यो सरकार ५ बर्ष टिक्नुपर्छ र स्थिर सरकारका लागि जनताले मत दिएकाहुन् । तर सरकारले पनि जनभावाना अनुसार र पार्टी पद्धतीमा रहेर काम गर्नु जरुरी छ । यदि ओली सरकार ढाल्ने हो भने फेरी अस्थिरता पैदा हुने अड्कलबाजि गरिन थालेको छ । मुलकमा अस्थिरता चाहाने तत्वहरुले ओली नेतृत्वको सरकार विस्थापित गर्ने चाहाना राखेको हुनसक्छ ।