२०८३ बैशाख ३, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/दमकमा मात्र होइन नेपालमा नै अब नौलो नाम होइन प्रेनुषा पाण्डे । दमकस्थित जेम्स स्कूलकी छात्रा प्रेनुषा राष्ट्रिय तथा अन्तराष्ट्रिय फोरमहरुमा आफ्नो पहिचानलाइ बलियो रुपमा उपस्थिति गराउने किशोरी हुन् । एक कार्यक्रममा राष्ट्रपति बिद्यादेबी भण्डारीलाइ प्रश्न गरेपछि नेपाली मिडियामा छाएकी प्रेनुषा पछि विदेश जाने अवसर पनि प्राप्त गरिन् ।

 

सुनिश्चित बाल अधिकार स् समृद्ध नेपालको आधार’ भन्ने मूल नारासहित मनाउन लागिएको ‘राष्ट्रिय बाल दिवस–२०७६’ को अवसरमा शनिबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा आयोजित ‘बालबालिकासँग राष्ट्रपति’ कार्यक्रममा बालबालिकाले राष्ट्रपतिसँग आफ्ना जिज्ञासा राख्न शुरु गरे ।

 

शुरुमा झापाकी प्रेनुषा पाण्डेले जिज्ञासा राखिन्, ‘राष्ट्रपति ज्यू हजुरको बाल्यकाल कसरी बित्यो रु’ राष्ट्रपतिले भनिन्, ‘मेरो बाल्यकाल फरक थियो, अहिलेको समय धेरै फरक छ, त्यतिबेला आजभन्दा करीब ६० वर्ष पहिला बालबालिकाको लागि धेरै कुराहरू सोचिएको थिएन ।’त्यतिबेलाको समय, देश, काल परिस्थिति, हाम्रो देशको चेतनास्तर, समाज सबै कुराले फरक थियो । त्यो अवस्था र अहिले हेर्ने हो भने धेरै सकारात्मक परिवर्तन आएको छ ।’

झापा मोडल अंग्रेजी माविको कक्षा १० मा अध्ययनरत प्रेनुसाले विश्वव्यापी आवधिक समिक्षाका लागि बालबालिकाहरुको नेतृत्व तयारी सम्बन्धमा नेपाल सरकार र कन्सोर्टियम नेपालले आयोजना गरेको प्रतियोगितामा बिजय बन्दै उनले अन्तराष्ट्रिय अवसर प्राप्त गरेकी किशोरी हुन् । ।

 

पाण्डे दक्षिण एशियामा बालबालिकाहरु बिरुद्ध हुने हिंसा अन्त्य गर्ने अभियानमा नेपालको तर्फबाट छनौट भएकीहुन् । सार्क स्तरीय South Asia Initative to End Violence Against Children (SAIEVAC) को दुइ बर्षको कार्यकालका लागि उनि छनौटमा  भएको हो ।।

 

यहिबाट प्रेनुषाको नाम सबैमा पुग्यो । दमकका युवा ब्यवसायी प्रेम पाण्डेकी छोरी हुन् प्रेनुषा । पाण्डे मिस टिन दमक विजेता पनि हुन्। उनलाइ जन्मदिनको शुभकामना