प्रधानमन्त्री केपी ओलीको शुभकामना सन्देश सहित नेकपा अध्यक्ष प्रचण्ड झापा आँउदै
झापा/ भोली सोमबार नेकपाका अधयक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड झापा आउने निश्चित भएको छ ।
सोमबार हुने प्रदेशस्तरीय प्रशिक्षण र मंगलवार हुने सुखानी शहिद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागि हुन प्रचण्ड झापा आउने भएकाहुन् ।
प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली पनि झापा आउने कार्यक्रम रहेको थियो ।
मिर्गौला प्रत्यारोपणका लागि ओली अस्पताल भर्ना हुने भएपछि उनि नआउने निश्चित बनेको जनाईएको छ ।
प्रचण्डलाइ काठमण्डौमा जुत्ता प्रहार भएपछि प्रहरीले झापामा कडाई गर्ने भएको छ ।
सुरक्षामा कडाई गर्ने र प्रचण्डको सामुन्नेमा प्रचण्डलाइ सकेसम्म नपार्ने योजना प्रहरीको रहेको सुरक्षा उच्च श्रोतको भनाई छ ।

