२०७८ बैशाख २७, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता १ वर्ष अगाडि

झापाको दमकमा केहि सहकारीहरुको लुटधन्दाले अहिले सहकारी क्षेत्र ने बद्नाम भएको टिप्पणी भएको छ । सहकारीका ब्यवस्थापकले हिसावकिताव गोलमाल गर्ने र नक्कली काउण्टर चेक बनाएर रकम दिएको भन्ने गरेका केहि तथ्यहरु पनि फेला परेकाछन् ।

लाखौ रुपिया निक्षेपकर्ताको गोलमाल गर्ने सहकारीका कर्मचारी एवं ब्यवस्थापकलाइ जोगाउन सहकारीका सञ्चालक र आफुलाइ सहकारीको अब्बल अगुवा बताउने लागि परेको पनि केहि प्रमाणहरु फेला परेकाछन् ।

दमकका आधादर्जन भन्दा बढि सहकारीहरु टाँट पल्टेकाछन् । कहिले नगरपालिका त कहिले इलाका प्रहरी कार्यालय दमकमा यस बिषयमा छलफल चल्दैछ । केहि सहकारीको मुद्धा दमक नगरपालिका र इलाका प्रहरी कार्यालय दमकमा रहेको बुझिएको छ ।

सहकारीका सञ्चालकहरु आर्थिक कारोबार गर्ने संस्थाको नेता भइयो भनेर मख्ख पर्दा ब्यवस्थापकको रजाई थाहा नपाउदा समस्या भएको देखिएको छ, एक सहकारीका जानकारले बताएकाछन् । सहकारी क्षेत्र बदनाम नहोस भनेर जोगाउन सक्ने सम्म जोगाउन लागिएको हो, ति सहकारीका जानकार भन्छन् ।

सहकारीमा हिनामिना गरेर प्रमाण केहि देखाउन नसकेपछि कागजमा मन गढन्ते हिसाव देखाएर पनि सहकारीका ब्यवस्थापक बजारमा न्याय चाहियो भन्दै हिडेको हास्यपद दृश्य पनि देखिएको छ, दमक नगरपालिकाका एक वडा सदस्यले बताए । त्यसलाइ संरक्षण गर्नेहरु सहकारीका अगुवा र राजनीतिक दलका नेता पनि भेटिएकाछन्, उनले भने ।

प्रदेश सभा सदस्य अर्जुन राईले एक सहकारीको कार्यक्रममा सहकारीहरुको बिषयमा आफुले नराम्रो कुरा सुनेको बताउदै इमान देखाउन आग्रह गरेकाछन् । उनले सहकारी सदस्यले राखेको रकम मागेको समयमा दिन आग्रह गरे ।

दमक उद्योग बाणिज्य सघका बरिष्ठ उपाध्यक्ष गोपाल गुरागाईले सहकारीको चर्तिकला र डुब्ने हल्लाले सबैभन्दा बढि यहाँका ब्यवसायीहरुलाइ चिन्ता थपिएको जनाए । सहकारी डुब्दा र सहकारीले बेइमान गर्दा त्यसको असर दमकका ब्यवसायीलाई पर्ने हो, उनले भने ।