२०८३ कार्तिक १२, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

काठमण्डौ/ राजनीतिक उच्च नैतिकता प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले पदबाट राजिनामा दिनु भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नु भएका खतिवडाले मन्त्री पदबाट आज राजिनामा दिनुभएको हो ।

राष्ट्रिय सभा सदस्य पद भोलिबाट समाप्त हुने भएकाले आजैबाट राजिनामा दिनु भएको बताईएको छ ।

उहाँको पदावधि थप हुने आँकलन गरिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई नै पुन दोरयाउन चाहेको पनि बताइदै आएको थियो ।

खतिवडाको राजिनामा आँउदा राजनीतिक बृतमा समेत अनौठो मानिएको छ ।