२०८३ कार्तिक १२, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार बिहान ९ बजे मिर्गौला प्रत्यारोपण हुने निश्चित भएको छ। मिर्गौला प्रत्यारोपणका लागि सोमबार त्रिवि शिक्षण अस्पतालमा उहाँ भर्ना हुनु भएको थियो ।

प्रि ट्रान्सप्लान्ट डायलासिस र अन्य स्वास्थ्य परीक्षण सकिएको छ, ओलीको सचिवालयका एक सदस्यले भने । बुधबार बिहानबाट प्रत्यारोपण शल्यक्रिया सुरु हुनेछ र त्यो तयारी भएको छ, ति सदस्यले भने ।

प्रत्यारोपणको शल्यक्रिया ३ देखि ४ घण्टामा सकिने विशेषज्ञहरुले जनाएकाछन् । बढिमा एक हप्तामा ओलीले बालुवाटार फर्कन सक्नेछन् । ओलीको उपचारमा ६ जना सर्जन, २ दुई एनेसथेसिस्ट, ८ जना नर्स तथा पारामेडिक्स उपचारमा खटिने छन्। प्रधानमन्त्री ओलीलाई उनको भान्जी समीक्षा संग्रौला ज्ञवालीले मिर्गौलादान गर्ने भएकीछन् ।

झापा विद्रोहको स्मरण गर्दै फाल्गुन २१ मा शहिद सुखानी स्मृती दिवस मनाइन्छ । झापा विद्रोहले जन्माएका नेताको रुपमा ओलीलाई हेरिन्छ । ओली स्मृतीसभा कार्यक्रममा सहभागि हुन झापा आउने कार्यक्रम रहेको थियो । अस्पताल भर्ना भएर मिर्गौला प्रत्यारोपण गर्ने भएपछि उहाँ आउन सक्नु भएन । उहाँको स्वास्थ्य लाभको कामना ।