BREKING NEWS झापाको मंगलवारे बजारमा लागेको आगलागि नियण्त्रणमा (भिडियो सहित)
दमक/ झापाको कमल गाँउपालिका वडा नं. ५ र ६ को बीच मंगलवारे बजारमा आज बुधबार साँझ लागेको आगलागि नियण्त्रणमा आएको छ । दमक र गौरादहका दमकलहरुको साहयतामा आगोलागि नियण्त्रण भएको स्थानीय ज्ञाननाथ पौड्याल बताएकाछन् ।
एउटा काठको टाढे घर संगै रहेको एक फ्रेस हाउस, होटल सहित सबै जलेर खरानी भएको छ । आगलागिबाट सिलिण्डर समेत पडकेपछि स्थानीयहरु त्रसित भएका थिए । आगलागि भएको घर स्थानीय सीतामाया लिम्बुको भएको बताईएको छ ।
आगलागिको क्षतिको विवरण संकलन गर्ने काम भईरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । साढे छ बजेदेखि शुरु भएको आगलागि एक घण्टामा नियण्त्रणमा आएको थियो ।
