झापामा ओरियन्स धन्दावालाहरुलाइ प्रहरीकै संरक्षण !

भारतको सिलगुढीमा बसेर झापामा अबैध नेटवर्क ब्यवसाय चलाउदै आएका ओरियन्सका एजेन्टहरुलाइ प्रहरीले थाहा पाएर पनि पक्राउ नगरेको बताईएको छ । प्रहरीले यस धन्दामा लागेकाहरुको नाम संकलन गरेपनि कोहिलाइ पनि पक्राउ गरेको छैन । दमक सहित झापामा जिल्ला तथा नगरस्तरका नेताहरु, प्रहरीका परिवार तथा आफन्तहरु नै यस धन्दामा लागेको सूचना प्रहरीसम्म पुगेको सम्बद्ध श्रोतको भनाइ रहेको छ ।
मासिक ५ देखि ६ लाख रुपियासम्म कमाउछौ भन्नेहरुलाइ अहिले ओरियन्सको उत्पादन प्रयोगकर्ता हुँ भन्दै छुटकारा पाउदै आएकाछन् । उनिहरुले आफ्नो धन्दालाई जारी पनि रोखेको प्रमाणहरु फेला पारेकाछन् ।
पहिलाजस्तो खुलमखुल्ला नगर्न र सचेत भएर काम गर्न यसका लिडरहरुले आफ्ना तलकालाइ भनेको बुझिएको छ । झापामा मात्र ५० भन्दा बढि आफुलाइ ठुलो लिडर बताउने र २ हजार भन्दा बढि युवायुवती छिटो पैसा कमाउने प्रलोभनमा यसमा लागेकाछन् ।
ओरियन्सका उत्पादनहरु नेपालमा अबैध मानिन्छन् । यसको विक्री बितरणको अनुमति कहि बाट पनि लिईएको पाइदैन । बिना अनुमति औषधिको रुपमा आफ्ना उत्पादन ओरियन्सले बेच्दा पनि प्रशासन र प्रहरी किन रमिते बनेको होला ? भन्ने चिन्ता थपिएको छ ।