२०८३ कार्तिक ११, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

झापाको कमल गाँउपालिका वडा नं. ५ मा आगलागिबाट बिस्थापित बनेका घरपरिवारलाइ लायन्स क्लव अफ लखनपुरले ग्यास चुल्हो सहितको ग्याँस, कराई लगायतका अत्यआवश्यकीय घरायसी सामाग्रि प्रदान गरेको छ ।

बुधबार राती आगलागिबाट ४ घरपरिवारको सबै सामाग्रि जलेर खरानी बनेको थियो । झापाको कमल गाँउपालिका ५ निवासी राईले बुधबार साँझ आगोलागीमा परेर विस्थापित भएका कमल ५ मंगलवारे वजारका शेरवहादुर लिम्बुसहित चार परिवारको आगलागिबाट बिचल्लि भएपछि सहयोग गरिएको क्लवका अध्यक्ष ज्ञाननाथ पौड्यालले बताएकाछन् ।

लिम्बुको घरमा भाडामा बस्दैआएका रुकमणि ताजपुरिया, पार्वती राजवंशी,चुर्की मर्डी सतारलाई खाना पकाउन प्रयोग हुने किचन सामाग्रि प्रदान गरिएको पौड्यालको भनाइ रहेको छ , लायन्स लिडर धर्मानन्द भट्टराई लगायतको उपस्थिति रहेको थियो ।