दमकका मदन बोहोरालाइ सामाजिक विकास मन्त्रालयले दियो यस्तो जिम्मेवारी
झापा दमकका सामाजिक अगुवा एवं अधिकारकर्मी मदन बोहारालाई सामाजिक विकास मन्त्रालयले प्रदेशस्तरीय अपाङ्गता समन्वय समितिको सदस्यमा मनोनित गरेको छ ।
अपाङ्गता भएका व्यक्तिहरूको अधिकार ऐन २०७४ संसोधित २०७५ को व्यवस्था अनुसार प्रदेश नं. १ सरकारको प्रदेशस्तरीय समिति गठन कार्यविधि २०६७ को दफा ३ बमोजिम २ बर्षको लागि मिति मन्त्रीस्तरीय निर्णय अनुसार प्रदेशस्तरीय अपाङ्गता समन्वय समितिको सदस्यमा बोहोरा मनोनित भएकाहुन् ।
बोहोराले अपाङ्गताको क्षेत्रमा प्रभाबकारी रुपमा काम गर्दै आएकाछन् । प्रदेश स्तरीय अपाङ्गता पुर्नस्थापना केन्द्र दमकमा शुरु गर्न पनि उनके भूमिका महत्वपुर्ण रहेको बताइन्छ ।
