काँग्रेस दमक नगरसभापति रोशन बिष्टले भने-दमकमा विकास भएन भनेर हल्लामात्र भएको रहेछ विकास त धेरै भएछ
नेपाली काँग्रेस दमक नगर सभापति रोशन विष्टले दमकमा केहि विकास नै भएन र जनप्रतिनिधिहरुले केहि नै गरेनन् भनेर भ्रम मात्र रहेको पाएको बताउनु भएको छ । आफुहरुले केहि समय अघि अनुगमनमा हिड्दा दमकमा धेरै विकास गरेको पाएको बताउनु भयो । दमकमा त निक्कै नै विकास भएको रहेछ र दमकबासीले गर्व गर्नु पर्ने देख्दा खुसि लाग्यो, उहाँले भन्नुभयो ।
दमक नगरपालिकाको छैटौ नगरसभामा शुभकामना मन्तब्य राख्दै बिष्टले प्रधानमन्त्री गृह जिल्लामा भएका ठुला विकास योजनाले आफुहरुलाइ गर्व गर्ने ठाँउ रहेको भन्दै सबैसंगको सहकार्यमा अघि बढ्न आग्रह गरे । उनले नगर प्रमुख र उपप्रमुख लगायत जनप्रतिनिधिले समन्वय गरेर काम गरेको भन्दै प्रशंशा पनि गरे ।
उनले दमकमा राम्रो काम भएको र विकासले पनि गति लिएकाले नै काँग्रेसले रचानत्मक सहयोग र सहयोगी प्रतिपक्ष भएको पनि जनाए । विष्टले नगरको सम्बृद्धिमा काँग्रेसको सधै साथ रहने प्रतिबद्धता ब्यक्त गरे ।
