२०८३ कार्तिक ११, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

अहिले साँझसम्म धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा कोरना भाइरस कसैमा नदेखिएको प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्रि हक्मित कार्कीले बताउनु भएको छ ।

उहाँले कारेनाका कारण आइसोलेसनमा पनि कसैलाइ नराखिएको स्पष्ट पारेकाछन् । धरानमा कोरनाको विरामी उपचारमा भर्ना भएको भन्दै हल्ला मच्चिएपछि सरकारका प्रवक्ता समेत रहेका कार्कीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर आफ्ना धारणा राखेकाछन् ।

उनले लेखेकाछन्-

अहिले साझ सम्म धरानको Bpkh अस्पतालमा कोरना भाईरस(Covid-19) कसैमा देखिएको छैन । कसैलाई पनि कोरनाको कारण आईसोलेसनमा राखीएको छैन ।