कोरनाबाट बच्न पुर्व सावधानी-दमकका सबै कार्यालय अगाडि हात धुन सावुन पानी अनिवार्य राख्न निर्देशन
दमक नगरपालिकाले अनाअवश्यक रुपमा माक्स नकिन्न र प्रयोग नगर्न आग्रह गर्दै यसको पुर्व सावधानीका लागि साबुन पानीले राम्ररी हात धुन आग्रह गरेको छ । शनिवार विहान विषेसज्ञहरु सहितको छलफलमा माक्स नै सर्वोपरी नभएको निष्कर्ष निकालिएको जनाउदै प्रत्येक सरकारी कार्यालय तथा सार्वजनिक कार्यालयहरुले अनिवार्य रुपमा आफ्नो गेटमा साबुन पानीको ब्यवस्था गर्नु पर्ने निर्णय भएको नगरपालिका उपप्रमुख गीता अधिकारीले बताएकीछन् ।
नगरपालिकाका प्रमुख रोमनाथ ओलीले सरकारी कार्यालयहरुलाई हात धुने ब्यवस्था मिलाउन निर्देशन गरिने बताए । उनले यसलाइ हाउगुजी र त्रासपैदा हुने गरेर प्रचार नगर्न पनि आग्रह गरेकाछन् । ओलीका अनुसार दमकका अधिकाँश अस्पतालहरुमा कोरना भाइरसको बारे जाकनारी दिने हेल्प डेक्स राखिने भएको छ ।
