२०८३ कार्तिक ११, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

मोरङ । मोरङ बुढिगंगा २ बस्ने अञ्जन चौधरीको अढाई वर्षकी छोरी भावना चौधरीको डुबेर मृत्यु भएको छ । शनिवार बिहान साढे ९ बजे मोरङ सुनसरी सिँचाई योजना नहर नजिकै खेल्ने क्रममा लडेर नहरको पानीमा डुबेर भावना घाइते भएकी थिइन । उनको उपचारको क्रममा विराट मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।