२०८३ असार ११, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल-

कतिपय सामान्य विरामी र दिर्घ विरामीहरु आफ्नो जीवनको सार्थकता नरहेको भनेर आफन्त जाँदा दुखेसो गर्ने गर्छन् । सामान्य विरामी पर्दा समेत निराशा पोख्छन् र पोख्छौ । यो एक प्रकारले सामान्य हो । तर प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली केहि बर्षयता निक्कै गम्भिर विरामी पर्नु भयो । तर उहाँ कहिल्यै हरेश खानु भएन् । सधै आफु ठिक भएको र काममा चाँडो फर्कन्छु भन्न छाड्नु भएन ।

पछिल्लो पटक उहाँको दोश्रो पटक मिर्र्गौला प्रत्यारोपण सफल भएको छ । त्यो पनि नेपालको सरकारी अस्पतालमा । उहाँले एक प्रकारले जोखिम मोलेर भएपनि मिर्गौला प्रत्यारोपण गरेको बताईयो । यद्यपी मिर्गौला प्रत्यारोपण अघि एक सन्देश दिदै यति ठुलो आत्मविश्वास प्रस्तुत गर्नुभयो विश्व चकित बन्यो । विश्व प्रख्यात पत्रिकाहरुले ओलीको आत्म विश्वास र मिर्गौला प्रत्यारोपणको समाचारहरु प्राथमिकता दिएर बनाए ।

अति पनि निराश नदेखिएका उनले आफुले ल्याएका योजनाहरु पुरा गर्न र सम्बृद्धिको सपना साकार बनाउन आफु चाँडै निको भएर सक्रिय जीवनमा फर्कने उद्घोष गरे । यसले धेरैलाइ भावुक बनायो । त्यति मात्र होइन प्रधानमन्त्री ओलीको आत्म विश्वासले जीवन र मरणको दोषाधमा छौ भन्नेहरुलाइ बाँचन अभिप्रेरीत गरेको छ ।

ओली अहिले अस्पतालमा सामान्य हिडडुल र खानपीन गर्न सक्ने बन्नु भएको छ । यो साधरण ईच्छाशक्ति र आत्मविश्वास भएकाले सक्ने होइन् । सामान्य अप्रेसन तथा चिरफार गरेकालाइ पनि सामान्य अवस्थामा फर्कन साताभन्दा बढि नै लाग्छ ।

प्रधानमन्त्री ओली दक्षिण एशियाकै असाधरण नेता, आत्मविश्वास भएका ब्याक्तिको रुपमा चिनिएकाछन् । यो चानचुने होइन् । प्रधानमन्त्री ओली सहित उहाँलाइ मिर्गौलादान दिने समिक्षा संग्रौलालाइ शिघ्र स्वास्थयलाभको कामना ।

यदि कसैले आश्चर्य जनक काम गर्दा वा परिणाम निकाल्दा दैवशक्तिको प्रभाव भन्ने प्रचलन रहेको छ । ओलीको आत्मविश्वासलाइ पनि कतिपयले यसरी नै लिने गरेको पनि पाइन्छ । उनको बोलीको प्रभाव र आत्मविश्वासको अहिले चर्चा छ ।