२०८३ कार्तिक ११, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

दमक/ झापाको दमकमा विवाह र अन्य बिभिन्न कार्यक्रमको बहानामा ध्वनी आंतक सिर्जना भएको छ । आइतवार बेलुका दमकको जेष्ठ नागरिक प्रतिष्ठान आसपासमा चर्को ध्वनी प्रदुषण गर्दै बाजागाजा बजाईएको छ । यसैगरी पुराण तथा बिभिन्न माईकिंगले पनि ध्वनी प्रदुषण भइरहेको छ ।

अक्सफोर्ड विद्यालयका प्रीन्सिपल गंगादेब चौधरीका अनुसार ध्वनी प्रदुषणका कारणले विद्यार्थीहरुको ध्यान पढाईमा जान नसक्ने अवस्था आउछ । यसले विद्यार्थीको परिक्षामा पनि असर पर्ने उनले जनाए । नगरपालिकाले ध्वनी प्रदुषण नगर्न सार्वजनिक सूचना गरेपनि अटेर गर्नेलाइ कार्वाही गर्न सकेको छैन ।

दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले ध्वनी प्रदुषण गराउनेलाइ कार्वाही गरिने बताए । उनले उजुरी तथा जानकारी आउनसाथ त्यस्तो कार्य रोकिने उनले प्रतिबद्धता जनाए । ध्वनी प्रदुषण गराउनेलाई कार्वाही गर्ने कानून पनि छ ।

स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ११(२)(झ)(५) मा वायु तथा ध्वनीको प्रदूषण नियन्त्रण र नियमन गर्ने काम, कर्तव्य र अधिकार स्थानीय सरकारलाई दिएको छ । स्थानीय सरकारहरु बाट उल्लेखित कानूनको पनि प्रभावकारी रुपमा कार्यान्वय भएको छैन ।