दमकको लाइफलाइन अस्पतालमा कोरनाको हेल्प डेक्स, संक्रमण देखिए उपचारमा समस्या
झापाको दमकस्थित लाइफलाइन अस्पतालले कोरना भाइरस सम्बन्धि जानकारी दिने उदेश्यले हेल्प डेक्स सञ्चालनमा ल्याएको छ । दमक नगरपालिकाले छलफल राखेर अस्पतालहरुमा हेल्प डेक्स राख्न दिएको सुझाव अनुसार अस्पतालले हेल्प डेक्स राखेको अस्पतालकी मेडिकल डाइरेक्टर डा.खुश्बु प्रीयाले बताएकीछन् ।
उनका अनुसार कोरना भाइरसबारे सर्वसाधरण तथा विरामीले यहाबाट आवश्यक सल्लाह र सुझाव पाउनेछन् । प्रीयाका अनुसार आइसुलेसन कक्ष समेत तयारी अवस्थामा रहेको छ । उनले यदि कोरनाको भाइरस भएको विरामी फेला परेको अवस्थामा उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि सावधानी अपनाउन प्रयोग हुने माक्स लगायतका आवश्यक सुरक्षा कवच तत्काल सरकारले ब्यवस्था गर्न जरुरी छ ।
त्यो उपलब्ध गराए अस्पतालले खरिद गर्ने पनि उनले जनाइन् । यसैगरी सोमबारदेखि दमकस्थित एडभान्स अस्पातलले पनि कोरना भाइरस सम्बन्धि जानकारी दिन हेल्प डेक्सको शुरुवात गरेको छ।
