२०८३ कार्तिक ११, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

इलाका प्रहरी कार्यालय दमकले हतियार सहित एक ब्याक्तिलाइ दमक ३ बाट पक्राउ गरेको छ । प्रहरीले घटनाबारे यस्तो जानकारी पठाएको छ-

मिति २०७६।११।२६ गते अं १८:१० बजे जिल्ला झापा दमक न.पा वडा नं ३  मावाखोला स्थितमा बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले जिल्ला मोरङ मिक्लाजुङ गा.पा वडा नं ९ मधुमल्ला बस्ने वर्ष ४४ को मेघराज गौतम लाई चेक जाच गर्दा निज को कम्मरको पछाडिको भागबाट कटुवा पेस्तोल नाल १, गोली थान १ र २ वटा खोका सहित तत्कालै निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानुनी कारबाहीको लागी इ.प्र.का. दमकमा राखिएको ।

https://prabhabkarinews.com/wp-content/uploads/2020/03/मेघराज-गौतम.jpg