डिएसपी नविन कार्कीले पाए बौद्ध प्रहरी कमाण्डको जिम्मेवारी
प्रहरी निरिक्षक रहदा इलाका प्रहरी कार्यालय दमकमा लामो समय सुरक्षा जिम्मेवारी समालेका डिएसपी नविन कार्की सहित पाँच जनाको काँज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले पाँच जना प्रहरी नायब उपरीक्षक डिएसपी)को काज सरुवा गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटमा रहेका कार्कीलाई महानगरीय प्रहरी वृत्त बौद्धमा काज सरूवा गरिएको जनाईएको छ । कार्की पछिल्लो समयमा चर्चित डिएसपी हुन् । पोखराको बैदाममा रहदा कार्कीले आफ्नो कार्यकुशलता देखाएका थिए ।
कार्कीको ठाउँमा डिएसपी भरत श्रेष्ठ गएकाछन्। डिएसपी मदन कुँवरलाई सर्लाही र प्रतीकसिंह राठौरलाई प्रहरी प्रधान कार्यालयमा काज सरूवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । डिएसपी रमेशबहादुर सिंहको प्रहरी प्रधान कार्यालय मातहतकै अनुसन्धान विभागमा काज सरूवा भएको छ ।
