अचम्मको दुर्घटना काँउकुती लगाउदा गयो ज्यान
मादक पदार्थ सेवन गरेर टेम्पोमा चढेर टेम्पो चालकलाइ काँउकुती लगाउदा टेम्पो अनियन्त्रि भई पल्टेपछि एकजनाको ज्यान गएको छ । मंगलवार बेलुका दमक ५ स्थित हरि ओम कोलेनीमा टेम्पो दूर्घटना भएको हो । दुर्घटनामा परेर यात्रु ६१ बर्षिय उमबहादुर मगरको मृत्यु भएको जनाईएको छ ।
ईलाका ट्राफिक प्रहरी कार्यालय दमकका अनुसार नाताले मामा भान्जा पर्ने दुवैजनाले मादक पदार्थ सेवन गरेको अनुसन्धानबाट खुलेको छ । मे १ ह ६५४४ नम्बरको टेम्पो सडको रेलिङमा गएर ठोकिएको थियो । दुर्घटनामा टेम्पो चालक नाताले भान्जा पर्ने दिप मगर भने सामान्य घाईते रहेको पनि प्रहरीले जनाएको छ ।
चालकले दिएको बयान अनुसार मृतक मामाले काँउक्ुती लगाउदा अनियन्त्रि भएर टेम्पो रेलिङमा गएर ठोकिएको हो । गम्भिर घाइते मामा उमबहादुरको लाईफलाइन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
यसैबीच होली पर्वमा सम्भावित दुर्घटना रोक्नका लागि जिल्लाभर प्रहरीले मादक पदार्थ सेवन तथा ट्राफिक नियम पालना नगरी सवारी साधन कुदाउनेहरुमाथि मंगलवार विहानैदेखि निगरानी बढाएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रकाश जवेगुका अनुसार जिल्लाभर ४ सयभन्दा बढि सवारी साधन कार्वाहीमा परेकाछन् । त्यसमा अधिकाँश मोटरसाइकहुन् ।
बिना हेल्मेट कुदाएको, क्षमताभन्दा बढि मानिस बोकेको, मादक पदार्थ सेवन लगायत रहेको जवेगुले जनाउनु भयो । ट्राफिक नियम पालना नगरी सवारी साधन कुदाउनेलाई जरिवाना गरेर बुधबार विहान छाडिएको थियो । उनिहरुलाइ ट्राफिक नियमको बिषयमा जानकारी गराईएको पनि जवेगुको भनाई छ ।
