झापामा औषधिको अभाव छैन, माक्स किन्न पाइदैन
दमक/ झापामा अत्यआवश्यकी औषधिको अभाव नरहेको औषधि ब्यवसायी संघ झापाले जनाएको छ । माक्स भने नरहेको र कसैले कालोवजारी गरेमा ब्यवसायी संघको सदस्यता खारेज गर्ने चेतावनी दिईएको छ ।
औषधि ब्यवसायी संघ झापाका अध्यक्ष गौतम गुप्ताका अनुसार झापामा औषधि पर्याप्त मात्रामा रहेको छ । औषधिको अभाव लगायतका भ्रम छरेर आंतकीत नबनाउन हामी आग्रह गर्दछौ, उहाँले भन्नुभयो । औषधिको अभाव हुन्छ भनेर स्टक राख्ने र कालोबजारी गर्ने कार्य हामी हुन दिदैनौ, गुप्ताले भन्नुभयो ।
दमक नगरपालिकाले औषधि पसलहरुमा अनुगमन पनि गरेको छ । अत्यआवश्यकीय औषधिहरुको अवस्थाको विषयमा जानकारी लिएर माक्स भए नभएको अनुगमन गरिएको दमक नगरपालिकाका स्वास्थ्य शाखा निरिक्षक बद्रि बरालले बताउनु भयो । दमकमा औषधिको अभाव छैन र हुने पनि देखिदैन, उहाँले भन्नुभयो ।
