पहुँचवालालाई अहिलेको अहिल्यै, सर्वसाधरणलाई दमकमा ग्याँसको अभाव, उर्लाबारीमा १ सय रुपिया बढि लिदै विक्री गर्दै
सर्वसाधरण उपभोक्ता
उपभोक्ता-हेलो
ब्यापारी-हजूर
उपभोक्ता-ग्याँस छ हजुर ?
ब्यापारी-छैन हजूर आएपछि भन्छु नी
उपभोक्ता-कहिले आउछ हजुर खाना पकाउन पनि छैन
ब्यापारी-आएपछि भनिहाल्छु नी
उपभोक्ता-जसरी पनि चाहियो नि हजुर भाकै बस्नु ?
ब्यापारी-भन्दैछु त म नभएको कहाँबाट ल्याएर दिउ
फोन काटिन्छ
पहुँचवाला
उपभोक्ता-मलाइ ग्यास चाहियो
ब्यापारी-गाह्रो ग्याँस अलि गाहे छ
उपभोक्ता-के नदिने हो त मलाइ ? अरुलाइ भन्नु पर्ने
ब्यापारी-होइन, त्यस्तो बेलुका आएर पछाडिबाट एउटा लैजानु न राखिदिन्छु,
उपभोक्ता-एउटा ले कहाँ हुन्छ र गिजरलाइ पनि चाहियो
ब्यापारी-आउनु न पसल बन्द गर्ने समयमा अरुले थाहा पाउनु भएन
उपभोक्ता-हुन्छ तीन वटा राखिदिनु नी, यहाँ डेरामा बस्ने बुहारीलाइ पनि चाहिएको छ
ब्यापारी-हुन्छ हजुर, फोन राखे है
झापाको दमकमा ग्याँसको अभाव भएको छ । राम्रो पहुँच भएका र टाढाबाठाहरुले घरमा दुइदेखि तीनवटासम्म ग्याँसको ट्यांकी लगेपनि सर्वसाधरणले भने ग्याँस पाएका छैनन् ।
पहिला सरदरमा जुन परिणाममा ग्याँस आउँथ्यो त्यो नै आइरहेको भएपनि यस्तो समस्या देखिएको बताइन्छ ।
यता उर्लाबारीमा भने सरकारले तोकेभन्दा अर्थात बजार मूल्य भन्दा १ सय रुपिया बढिमा खुलमखुल्ला ग्याँस विक्री भइरहेको बताइन्छ । अनुगमन नहुँदा यस्तो भएको बताइन्छ ।
