२०८३ कार्तिक ११, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

सरकारले कोरोना भाइरसको सम्भावित जोखिम न्यूनिकरणका लागि ठोस कदम चाल्न शुरु गरेको छ ।

चैत महिनाभरका लागि सवै विद्यालय, तालिम केन्द्र लगायतका भिडभाड हुने क्षेत्र बन्द गर्ने निर्णय गरेको छ ।

एसइई लगायतका सबै परिक्षाहरु समेत स्थगन भएकाछन् । यसलाइ सकारत्मक रुपमा हेरिएको छ ।

विश्वब्यापी बनेको कोरोना भाइरसको संक्रमण रोक्नका लागि सर्वसाधरणलाई अति आवश्यक काम बाहेक हिडडुल नगर्न पनि सरकारले सचेत गराएको छ ।

सार्वजनिक यातायातका सवारी साधनमा पनि भिडभाड भएर नहिडन् भनिएको छ । सम्भावित महमारीबाट आफ्ना नागरिकलाइ बचाउन गरिएको यो निर्णयलाइ कार्यन्वयन जरुरी छ ।