कोरोनात्रास-फिल्महलहरु बन्द गर्ने सरकारको निर्णय
चलचित्रहलहरु बन्द हुने भएकाछन् । कोरोना भाइरसको संक्रमणलाइ ध्यान दिदै सरकारले फिल्म हलहरु चैत महिनाभर नचलाउन भनेको छ ।
यसको अनुगमन गृहमन्त्रलय सहित प्रदेश सरकार र स्थानीय सरकारले गर्नेछन् ।
उपप्रधानमन्त्री इश्वर पोखरेलको संयोजकत्वमा बनेको कार्यदलले कोरोना भाइरसको संक्रमणको जोखिमलाई ध्यान दिदै ल्याएको सुझावलाइ सरकारले कार्यन्वयन गर्दै भिडिभाड हुने क्षेत्रहरुमा होशियार अपनाउन निर्देशन दिएको छ ।
ठुला सपिंग महलहरुमा अब ज्वरो नाँपेर र राम्ररी हात धोएरमात्र पस्न मिल्नेछ ।

