झापा गाँउपालिकाले गर्यो लक डाउनको निर्णय
झापा गाउँपालिकाले सोमबारदेखि लागु हुने थरी चैत २१ सम्म गाँउपालिका बन्द अर्थात लक डाउन गर्ने निर्णय गरेको छ । अब घरबाहिर कोहि पनि आवतजावत गर्न नपाउने भएकाछन् । अत्यआवश्यक बाहेक घरबाट ननिस्कन र बजार पसल लगायत सबै कार्यालय बन्द गर्न निर्देशन दिएको छ ।
कुमरखोदमा रहेको श्री डिल्लीराज मावी र शरणामतीमा रहेको श्री जनता उच्च मावीको भवनलाई क्वारेन्टाइन बनाउने पनि निर्णय गरेको छ । गाँउबासीलाई आफ्नै घरलाइ क्वारेन्टाइन बनाएर बस्न आग्रह गरेको छ ।
लकडाउन भनेको आमनागरिकलाई घरभन्दा बाहिर ननिस्कन भनिएको हो । अतिआवश्यक कामबाहेक कसैले पनि घरबाहिर निस्कन पाउँदैन । लकडाउनमा भोजभतेर, यात्रा, भेला हुन प्रतिबन्ध लगाएको हुन्छ । बाहिर निस्कनै परे सरकारबाट अथवा तोकेको निकायबाट अनुमति लिएर बाहिर निस्कन पाउँछन् । योभन्दा बाहेक कसैले पनि घरबाहिर निस्कन पाउँदैनन् ।
यो विशेष परिस्थितिमा मात्र लागू हुन्छ । अहिले विश्वमा फैलिएको कोरोना भाइरसका कारण धेरै मुलुकले सीमित क्षेत्रमा लकडाउन गरेका छन् । महामारीको रुप लिएको कोरोना भाइरस फैलिन नदिन प्रभावकारी माध्यम लकडाउन बनेको छ ।
