दमकमा कोरोना संक्रमण रोक्न उच्च शर्तकता-विदेशबाट आउनेको अभिलेखि र जानकारीको माग
दमक/ दमक विपद् ब्यवस्थापन समितिको बैठकले कोरोना संक्रमण फैलन नदिनका लागि उच्च शर्तकता अपनाउने निर्णय गरेको छ । नगर प्रमुख एवं विपद् ब्यवस्थापन समितिका संयोजक रोमनाथ ओलीको अध्यक्षतामा बसेको बैठकले बिभिन्न तयारी र आवश्यक शतर्कताको बिषयमा विभिन्न निर्णयहरु पनि गरेको छ ।
मिति २०७६ चैत्र ९ गते आइतवारका दिन दमक नगरपालिकाका नगर प्रमुख एवं विपद व्यवस्थापन समितिका संयोजक श्री रोमनाथ ओली ज्यूको अध्यक्षतामा वैठक वसी देहायका निर्णय गरियो ।
निर्णयहरुः
निर्णय नं. १ आजको वैठकमा दमक नगरपालिकाले हाल सम्म कोरोना भईरस संक्रमण विरुद्ध गरेको तयारी तथा आवश्यक पहलका वारेमा जानकारी भयो । नगरपालिकाले यस महामारी विरुद्धको अभियानलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको हुँदा यसलाई निरन्तरता दिन सुझाव दिदै सवै क्षेत्रवाट सहयोग गर्ने प्रतिवद्धता गरियो ।
निर्णय नं. २ कोरोना भाइरसको संक्रमणवाट बच्ने सबै भन्दा उत्तम उपाय आ-आफ्नो घर कम्पाउण्ड भित्र बसी खानपिन र सरसफाईमा विशेष ध्यान दिनु नै हो, अतः नगरपालिका र प्रदेश तथा संघीय सरकावाट पनि यस विषयमा प्रशस्त सूचना र सन्देशहरु प्रचार प्रसार भैरहेका छन् साथै भर्खरै विदेशवाट आएका व्यक्ति र परिवारको निगरानी र अभिलेख राख्न अति जरुरी भएकोले यस विषयमा समेत सवै वडा कार्यालय र वडामा रहेका संघ-संस्थालाई अनुरोध गरि सकिएको छ । यसमा सवै वडा कार्यालय र संघ-संस्थाले सचेतना र प्रचार-प्रासर गर्ने गराउने तथा विदेशवाट आउने व्यक्ति वा परिवारको विवरण लिने र निगरानी राखी नगरपालिकाको फोकल डेस्कमा जानकारी गराउने ।
निर्णय नं. ३ नगरपालिकाले सार्वजनिक स्थल र सरकारी कार्यालयहरुमा Disinfection Spray गर्ने कामलाई जारी राख्ने ।
निर्णय नं. ४ निर्माण कार्यमा विदेशवाट ज्यामी, मिस्त्री ल्याई थप नगर्ने नगराउन निर्माण व्यवसायीहरुलाई अनुरोध गर्ने ।
निर्णय नं. ५ दैनिक उपभोग्य सामाग्रीहरुको सहज आपुर्तिको व्यवस्था मिलाउने सम्बनधमा दमक उद्योग बाणिज्य संघले समेत आवश्यक सहयोग गरि सो को सूचना सन्देश प्रचारप्रसार गर्ने । साथै अतिआवश्यक उपभोग्य सामाग्रीहरु जस्तै खाद्यान्न औषधी, दूध, पानी, ग्याँस, जस्ता उपभोग्य बस्तु बाहेक अन्य बस्तुहरु बिक्रि वितरण गर्ने, पसल व्यवसाय बन्द गर्न नगर्ने सम्बन्धमा दमक उद्योग बाणिजय संघले आवश्यक समन्बय गरि निर्णय गर्न सुझाव दिने।
निर्णय नं. ६ आगामी २०७६ साल चैत्र २१ गते सम्म दमक नगर क्षेत्रमा लाग्ने पशुहाट लगायत सवै हाट बजार बन्द गर्ने ।
निर्णय नं. ७ दैनिक मजदुरी गरी खाने वर्गको ज्याला मजदुरीमा असर परेका अवस्थाका वारेमा वडा कार्यालयहरुले ध्यान पु¥याउने ।
निर्णय नं. ८ विदेशवाट भर्खरै आएका व्यक्तिको वारेमा निज स्वयं वा निजको परिवारले आफ्नो विवरण तत्काल वडा कार्यालयमा दिन सम्वन्धी सबैलाई अनुरोध गर्ने।

