भारत र बंगालादेशबाट नेपाल आउने क्रममा दशगजामा अडकिएका करिब ३ सय जनालाई काकडभिट्टाबाट नेपाल प्रवेस गराइयो
बोर्डर शिल भएपछि नेपालको पुर्वी नाका झापाको काकडभिट्टा हुँदै नेपाल प्रवेस गर्न खोजेका नेपालीहरुलाई सोमबार साँझ नेपाल प्रवेसको अनुमति दिईएको छ । बंगालादेश र भारतमा पढ्ने विद्यार्थी एवं बिभिन्न कामले भारत गएका करिब ३ सय नेपाली दिउसोदेखि नै मेची पुलमा अडकिएका थिए ।
उनिहरुलाइ के गर्ने भन्ने बिषयमा अन्योल भएको थियो । पुलमा रहेका उनिहरुले नेपाल प्रवेसको माग गर्दै नाराबाजी पनि गरेका थिए । साँझ देखि स्वास्थ्य जाँच गरेर उनिहरुलाइ नेपाल प्रवेस गराउन शुरु गरिएको बताइन्छ । सामान्य स्वास्थ्य अवस्था भएकाहरुलाइ कम्तिमा १४ दिन घरमा नै क्वारेन्टाइनमा बस्ने लिखित सम्झौता गरेर मात्र छोडिने जनाईएको छ ।
