कोरना रोकथाम कोष- प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव ईन्द्र भण्डारी सहितले एक महिनाको पारिश्रमिक प्रदान
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव ईन्द्र भण्डारी सहित सचिवालयमा रहेकाहरुले कोरना रोकथाम कोषमा एक महिनाको पारिश्रमिक प्रदान गर्ने भएकाछन् । आज यो निर्णय लिईएको भण्डारीले जानकारी गराउनु भएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले फेसबुक स्टाटस मार्फत यस बिषयमा जानकारी गराएकाछन् । उनको फेसबुक स्टाटस-
काेराेना भाइरसकाे संक्रमणविरूद्द नेपाल सरकारले स्थापना गरेकाे विशेष काेषमा सम्माननीय प्रधानमन्त्रीज्यूकाे सचिवालयबाट निम्न बमाेजिम रकम उपलब्ध गराउने निर्णय भएकाे जानकारी गराइन्छ :
एक महिनाकाे पारिश्रमिक बराबर
१) मुख्य सल्लाहकार – विष्णु रिमाल
२) विदेश मामिला सल्लाहकार – डा. राजन भट्टराई
३) प्रेस सल्लाहकार – सूर्य थापा
४) आर्थिक विकास मामिला सल्लाहकार – लालशंकर घिमिरे
५) प्रमुख स्वकीय सचिव- इन्द्र भण्डारी
६) स्वकीय सचिव – राजेश बज्राचार्य
अाधा महिनाकाे पारिश्रमिक बराबर
१) विकास पूर्वाधार विज्ञ – ई. गजेन्द्र थपलिया
२) संचार विज्ञ- रामशरण बजगाईं
३) स्वकीय सहसचिव – हाेमबहादुर थापा
