अटेर गर्नेलाइ कार्वाही गर-दमकमा आफैलाइ आफैलाई जोखिम बनाउदै
सरकारले लक डाउनको घोषणा गरेपनि दमकमा यसलाई अटेर गरेको पाईएको छ । आँशिक रुपमा बजार खुला भएको छ भने चहलपहल समेत भईरहेको छ । सवारी साधन लिएर निस्कने क्रम घटेको छैन । सामाजिक सञ्जालमा यसको तिब्र विरोध शुरु भएको छ । अटेर नगर्न र जोखिम ननिम्त्याउन आग्रह गरिएको छ ।
दमकका बेदु गौतम फेसबुकमा लेख्छन्-
सरकारले गरेको निर्णय तिमिहरुलाइ नै जोगाउनको लागि हो त ।अटेर गरेर चोक, बाटो, गल्ली हरुमा बरालिदा अवार्ड पाउछौ मूर्ख हरु ?
तीर्थ नेपाल लेख्नछन्-
सरकार हतियारधारी सेना उतारिहाल । सेनाकाे बन्दुक र लातबिना नटेर्ने भए । कर्फ्युलाई यिनले रमिता ठाने ।
@ झापा, दमक
