२०८३ कार्तिक ११, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ झापाको दमक नगरपालिकाले मंगलवार २४ बेडको क्वारेन्टाइन तयार गरेको छ । कोरोना भाईरसको संक्रमणको आंशका तथा कसैलाइ लक्षण मिलेमा आफु सुरक्षित रुपमा क्वारेन्टाइनमा बस्न चाहेमा नगरपालिकाले सवै ब्यवस्थापन गर्नेछ । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी सहित मंगलवार खटेर क्वारेन्टाइन निर्माण गरेकाहुन् ।

दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीका अनुसार मापदण्ड अनुसार सवै श्रोत साधन सहित दमक ४ स्थित दाहाल प्रतिष्ठानको भवनभित्र क्वारेन्टाइन निर्माण गरिएको हो । जोखिम न्यूनिकरण र ब्यवस्थापनका लागि क्वारेन्टाइन जरुरी रहेको थियो, उहाँले भन्नुभयो ।

दमक नगरपालिका उपप्रमुख गीता अधिकारीका अनुसार मानसरोवर कलेजमा पनि क्वारेन्टाइन निर्माणको काम शुरु गरिएको छ । ब्ुधबार यहाँ पनि क्वारेन्टाइन तयार हुने पनि उपप्रमुख अधिकारीले जनाउनु भएको छ । हामी नगरवासीको सुरक्षामा चिन्तित छौ र आवश्यक तयारीलाई तिब्र बनाएका छौ, अधिकारीले जनाउनु भयो ।

दमकको सरकारी दमक अस्पतालमा आइसुलेसन सहित ज्वरो क्लिनिक पनि सञ्चालन गरिएको छ । नगरपालिकाले आपतकालीन अवस्थामा विरामीको उद्धार तथा ब्यवस्थापनका लागि तयारी अवस्थामा एम्बुलेन्सको पनि ब्यवस्था गरेको अधिकारीले बताउनु भयो ।