लकडाउन झन् कडा गर्दै झापा प्रशासन, अत्यआवश्यकीय ढुवानीमा पनि समय सिमा तोकियो
विष्णुप्रसाद पोखरेल
दमक/ झापामा लकडाउन थप कडा भएको छ ।
जिल्ला प्रशासन कार्यालय झापाले नयाँ आदेश जारी गर्दै अत्यआवश्यकीय ढुवानीका सामाग्रि पनि बेलुका ६ बजेदेखि विहान ६ बजेसम्ममा गर्न आदेश जारी गरेको पाईएको हो ।
लक डाउनको समयमा अत्यआवश्यकीय सामाग्रि भन्दै सवारी साधन चलाएपछि प्रशासनले यसमा पनि नियण्त्रण गरेको हो ।
कोरोना भाइरसको संक्रमणबाट नागरिकलाइ जोगाउनका लागि प्रशासनको हदैसम्मको प्रयासको प्रशंशा गरिएको छ ।
लक डाउनको पुर्ण पालना गराउन आम झापाबासीको माग रहेको छ ।
प्रशासनको आदेश र सरकारको आग्रह अटेर गर्नेलाइ कार्वाही गर्न जनदवाव सिर्जना हुँदै गएको छ ।
सामाजिक सञ्जालमा लकडाउनको पालना नगर्ने विरुद्ध तिव्र आलोचना छ ।
दमक नगरपालिकाले पनि एक सूचना जारी गर्दै लक डाउनको पालना गर्न नगरबासीलाइ अनुरोध गरेको छ ।
