२०८३ कार्तिक ११, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

दमक/ कोरोना भाइरसको सक्रमण नफैलियोस भनेर सरकार र स्थानीय प्रशासनले मुलकलाइ नै लक डाउन घोषणा गरेको छ ।

तर आवतजावत भने सडकमा नरोकिदा जोखिम बढ्दो रहेको छ ।

दमकमा पनि हिडडुल गर्ने क्रम नरोकिएपछि इलाका प्रहरी कार्यालय दमक, ट्राफिक प्रहरी दमक र इलाका प्रशासन कार्यालय दमकका प्रमुख आफै सडकमा आएर नगरबासीलाइ नहिड्न आग्रह गर्दै आएकाछन् ।

अटेर गर्नेलाइ सम्झाउने र बुझाउने गरेको पाईएको छ ।

इलाका प्रहरी कार्यालय दमकका प्रहरी प्रमुख बिजयराज पंण्डितले तोकिएको समयमा बाहिर ननिस्कन आग्रह गरे ।

उनले भोलीदेखि अब चावि नियन्त्रणमा लिने र पक्राउ गरेर कार्वाही पनि शुरु गरिने बताएकाछन् ।

सडकमा उल्टै प्रहरीसंग मुखमुखै लाग्ने गरेको पनि पाईएको छ ।

सामाजिक सञ्जालमा दमकका सामाजिक अगुवाहरुले प्रहरीलाइ सडकमा आएर कडाई गर्न माग गर्दै आएकाछन् ।

प्रहरीले गर्ने कार्वाहीको समर्थन गरिने उल्लेख पनि गरेकाछन् ।

अटेर नगरुमन हौ । अझ कडा गर्नमाग । दमक गणतन्त्र चोकमा निस्किए डिएसपी र इलाका प्रसासन प्रमुख

अटेर नगरुमन हौ । लकडाउनको अवज्ञा गर्नेलाइ अझ कडा गर्न माग । दमक गणतन्त्र चोकमा निस्किए डिएसपी र इलाका प्रसासन प्रमुख

Posted by Prabhabkarinews Dijital Patrika on Wednesday, 25 March 2020