२०८३ कार्तिक ११, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

झापाको दमकमा पनि सामाजिक दुरी घटाएर कोरोना भाइरसको संक्रमणबाट उपभोक्तालाइ जोगाउका लागि सिमा तयार बनाउन थालिएको छ ।

दमकको सिग्देल डिर्पाटन्ट स्टोर सहित दमक चोकस्थित दमक फार्मेसी, हिमाल फार्मेसी लगायतका ठाँउहरुमा डोरी तथा चुन प्रयोग गरेर उपभोक्ताको स्वास्थमा खतरा नपुगोस भनेर सिमा तयार गरिएको हो ।

दमक फार्मेसीका सञ्चालक ध्रुव सुवेदीका अनुसार अनाअवश्यक रुपमा औषधि लिन आउने र भिड बढाउने कार्यले आफुहरु पनि जोखिममा परेको बताए ।

हामी अत्यआवश्यक र इमरजेन्सिमा सेवा दिन खोलेका हौ तर यो घेरैले बुझ्दिनु भएन, उनले भने ।

यता सिग्देल डिर्पाटमेन्ट स्टोकार सञ्चालक लोकनाथ सिग्देलले आफुसंग भएका खाद्यन्न लगायतका अतिआवश्यकीय सामाग्रिको स्टोक नसकिएसम्म दिइरहने बताए ।

उनले आफ्नो पसल खालि नभएसम्म उपभोक्ताले सामान पाउने बताए । उपभोक्ता र आफ्नो सुरक्षाका लागि सिमा कोरेर तयार पारिएको उनको भनाइ थियो ।