यहि त हो दमकको चमक-दैनिक ज्यालादारी गरेर पेट पाल्नेलाइ नगरपालिकाले अत्यआवश्यक सामाग्रि उपलब्ध गराउदै
विष्णुप्रसाद पोखरेल
दमक/ कोरोना भाइरसको संक्रमण रोक्नका लागि दमकमा उच्च शर्तकता अपनाईएको छ । श्रोत र साधन कमी भएको हाम्रो मुलकमा स्थानीय तहमा झनै समस्या रहेको छ ।
तर पनि जनप्रतिनिधि, प्रहरी, प्रशासन र स्वास्थ्यकर्मीले आफ्नो सबै प्रयासलाइ अगाडि बढाएकाछन् ।
दमकको सरकारी अस्पतालको रुपमा रहेको दमक अस्पतालमा आइसुलेसन बेड थपिएको छ भने ज्वरो क्लिनिक पनि शुचारु गरिएको छ ।
लक डाउनका कारण दैनिक उपभोग्य सामाग्रिको अभावका कारण दैनिक ज्यालादारी काम गर्ने मजदूर तथा अति विपन्नको घरमा चुल्हो बल्न नसक्ने भन्दै नगरपालिकाले सम्बन्धित वडा मार्फत त्यस्ता परिवारलाइ सहयोग गरिने दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले बताइन् ।
कोहि पनि भोकै मर्नु पर्ने अवस्था आउदैन र यसमा हाम्रो पर्याप्त ध्यान गएको छ, उनले भनीन् ।
उनले सामाजिक सञ्जालमा एक विहानै एक स्टाटस हाल्दै नगरपालिकाले गरिरहेको कामको बिषयमा जानकारी गराएकीछन् –
जानकारीका साथमा अपिल !
सबै वडामा विदेशबाट आउनुभएका दाजुभाईकाे दैनीकि रिपाेर्टिङ भईरहेकाे ! वहाहरुकाे अवश्था सामन्य रहेकाे ! कतिपयकाे १४ दिन कटिसकेकाे अवश्था रहेकाे !
दमक अस्पतालमा आईसाेलेसन वेड थपेर २ बाट ५ वेड बनाईएकाे छ। दमक अस्पतालका डा.खडग फागाे लिम्बु , डा. सुरक्षा बास्काेटाकाे टिम ज्वराे आएका विरामी जाच्ने काममा तल्लीन हुनुहुन्छ ! शंका लागेका लाई धरान लान एम्बुलेन्स तयारी अवश्थामा छ ! किट नाशक ओेषधि छर्कने काम जारी रहेकाे छ ! क्वारेन्टाईनमा ४ जना राखिएकाे ! प्रत्येक दिन आम्दा अस्पतालबाट डा. नविन ढकालकाे टिमले स्वास्थ्य परिक्षण गर्दै रिपाेर्ट व्वस्थित गरिएकाे !
वडा नं ७ काे पुरानाे विरामी धरान उपचार पछि धरमा सामन्य अवश्थामा रहेकाे !
खाध्यान्न अभाव हुन नदिन उद्येाग वाणिज्य संघ, मिल र अन्य व्यवसायीहरुसंग स्टककाे रिपाेर्टिड लिईएकाे !
सबै वडाकाे बिहान बेलुका छाक टार्न गार्हाे भएकाहरूककाे
वडागत डाटा रिपाेर्ट तयार हुदैछ ! सम्भवत: आज वेलुकी सम्ममा सबै वडाबाट डाटा आईपुग्छ ! हामी तयारी अवश्थामा छाै !
सम्पूर्ण दाजुभाईदिदीबहिनीहरु:
घरमा बस्दा बस्दा दिक्क लाग्याे भनेर घरबाट बाहिर ननिस्किदिनुहाेला ! घरमाबसेर सहयाेग गरिदिन हार्दिक अनुराेध गर्दछु !
धन्यवाद !
